दफा ५७
तलबको उल्लेख
(१) यस ऐनको ठाउँठाउँमा रहेको “तलब” भन्ने शब्दले व्यवस्थापिका–संसद सेवाको सम्बन्धित कर्मचारीको तत्कालको तलब रकम (तलब वृद्धि समेत) लाई जनाउनेछ।
(२) दफा ४९ र ५० को प्रयोजनका लागि “आखिरी तलब” भन्नाले सम्बन्धित कर्मचारीको अवकाश प्राप्त गर्ने अवस्थामा खाइपाई आएको तलबलाई जनाउनेछ र त्यसरी अवकाश प्राप्त गर्ने अवस्थामा कुनै कर्मचारी असाधारण विदा वा निलम्बनमा रहेको भए त्यस्तो अवधिको निमित्त पनि पूरै तलबको हिसाब गरिनेछ ।